Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    धर्मसंस्कृति

    धर्म परिवर्तनले दाजुभाई नै पराई

    धर्म परिवर्तनले दाजुभाई नै पराई


    • आइतवार, कार्तिक २१ २०७८

    • नेपाल वाइड


    धर्म परिवर्तनले दाजुभाई नै पराई
    हिन्दु धर्मका अनुयायी दाई बिशाल राई (दायाँ) र क्रिस्चियन धर्मका अनुयायी भाई पञ्चराम राई (वायाँ) । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुकी क्रिस्चियन धर्मावलम्बी ईश्वरा राईको ७४ वर्षको उमेरमा बिहिबार राती मृत्यु भयो । उनी २८ साउन २०७७ मा क्रिस्चियन बनेकी थिईन् ।

    कारण, माईलो छोरा पञ्चराम र बुहारी सुनिता राई दशकदेखि नै क्रिस्चियन धर्मावलम्बी बनेका थिए । २०५९ सालदेखि उदयपुरको कटारी रिस्कुमा बसिरहेका जेठो छोरा बिशाल, बुहारी विचारी र सुनिता तथा कान्छो छोरा होमनाथ (मृत्यु भइसकेको) र बुहारी सिर्जनाको परिवार भने हिन्दु धर्म मान्दैआएका थिए ।

    ईश्वराको मृत्युपछि भने एकै परिवारको दाजुभाईबिचमा साँस्कृतिक विभाजन देखा परेको छ । क्रिस्चियन बनेका कारण ईश्वराको मृत्यु संस्कार सोही धर्मको निती अनुशार शुक्रबार गरिए भने हिन्दु धर्ममा आधारित परम्परा मान्दैआएका जेठो छोराको उपस्थिति औपचारिकताका लागि मात्र रह्यो ।

    बिशालले आमाको मृत्युको खबर भाई पञ्चरामबाट राती नै पाएका थिए । रातारात गरेर उनी कटारीबाट आमाको दाहसंस्कारका लागि च्यास्मीटार दाल्फु पुगे । तर, आमाको दाहसंस्कारका क्रममा उनको भूमीका गौण रह्यो ।

    जन्म दिएर दश धारा दुध चुसाएर हुर्काउने आमाको निधनमा उनले केश काट्न परेन, दुःख बगाउन पाएनन् । आमाको शव उठाएर गाड्नेसम्मका रित क्रिस्चियन धर्म अनुसार संगती र भजन गर्दै सम्पन्न गरिए । आमा पनि बिश्वासी क्रिस्चियन) बनिसकेकाले सोही धर्म अनुसार घर सल्लाहमै दाहसंस्कार गरिएको पञ्चरामले बताए ।

    हप्ता दिनपछि शान्त्वना संगती गरेपछि ईश्वराको मृत्यु संस्कार सम्पन्न हुने छ । ‘आमा पनि बिश्वासी भएकाले यही धर्म अनुसार आमाको मृत्यु संस्कार गरिएको हो,’ पञ्चरामले भने, ‘यदि आमा पनि हिन्दु हुनुहुन्थ्यो भने दाईले आमाको दाहसंस्कार लगायतका सबै काम गर्नु पथ्र्योँ । म चुप लागेर बस्नुपर्ने हुन्थ्यो ।’

    पञ्चराम सहित दाल्फुका दर्जनौं परिवार क्रिस्चियन धर्ममा प्रवेश गरिसकेका छन् । सोही गाउँमा हिन्दु, किरात र स्वर्गीकमार्गी समेत छन् । धर्म परिवर्तनले दाजुभाईको घरमा छेवर, पास्नी, पितृ पुजाआजा लगायतका रितिरिवाजका बेला समेत एकले अर्कालाई निमन्त्रणा गर्न असहज भएको देखिन्छ ।

    उनीहरुबिचमा छोराछोरीको विवाह कर्ममा मात्र आवत–जावत हुने गरेको छ । बिश्वासी (क्रिस्चियन) बनिसकेकाले पूजाआजा गर्दैनन् र पूजाआजा गरेको प्रसाद खाँदैनन् ।

    एकै परिवारका भए पनि पारिवारिक रुपमा उनीहरु आपसमा विरानो र पराईजस्ता देखिन्छन् । घरका बुवाआमाको मृत्यु संस्कार उनीहरुले अंगालेको धर्म अनुसार टुंग्याउने गरिएको स्थानीय बलिदान मण्डलीका अगुवा देवेन्द्र राईले बताए । कतिपय घरमा हिन्दु, किरात वा क्रिस्चियन धर्म मान्ने सन्तानले आ–आफ्नो धर्म अनुशार मृतक बुवाआमाको काजक्रिया गर्ने गरेको छन् ।

    सम्बन्धित समाचार