Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण, ५५ जना संक्रमणमुक्त

    प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण, ५५ जना संक्रमणमुक्त


    • बिहिवार, कार्तिक २५ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण, ५५ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । २५ कात्तिक, प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । २४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०, मोरङमा ६ र सुनसरीमा ३ जनामा संक्रमण भएको हो । झापाको अर्जुनधारामा ३, दमक र विर्तामोडमा २–२, मेचीनगर, कनकाई र भद्रपुरमा १–१, मोरङको विराटनगरमा ३, सुन्दरहरैचामा २, बुढीगंगामा १ र सुनसरीको धरानमा ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६ महिला र २९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार