Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    एकादशी मेला

    बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि सार्वजनिक बिदा

    बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि सार्वजनिक बिदा


    • आइतवार, कार्तिक २८ २०७८

    • नेपाल वाइड


    बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि सार्वजनिक बिदा
    धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी ।

    खोटाङ । २८ कात्तिक, खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

    हरिबोधनी एकाशीको अवशरमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको हो ।

    नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको बराहपोखरीमा आसपासका अधिकांश स्थानीय हरिबोधनी एकादशीका दिन मेला भर्न र दर्शन गर्न जाने भएकाले दुई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ ।

    बराहपोखरी गाउँपालिकाले ७ कात्तिकमा बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिकाभित्र सार्वजनिक विदा दिइएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले जारी गरेको सूचनामा उल्लेख छ ।

    जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले शुक्रबार शुक्रबार जारी गरेको सूचनामा गाउँपालिका नजिकै रहेको बराहपोखरी मन्दिरमा एकादशी (तुलसी विवाह)का दिन धार्मिक मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको उल्लेख छ । दुई गाउँपालिकाले हरेक वर्ष हरिबोधनी एकाशीका बेला सार्वजनिक विदा दिँदै आएको छ ।

    हरिबोधनी एकादशीको दिन बराहपोखरीमा लाग्ने ठूलो मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् । बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे संक्रान्तिका दिन मेला लाग्ने गरेको छ ।

    बराहपोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गर्दछ । प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ ।

    सम्बन्धित समाचार