Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    मेराे सपना

    मेराे सपना


    • बुधवार, मंसिर १ २०७८

    • भिम राई ( माक्पाली कान्छा)


    मेराे सपना
    भिम राई ( माक्पाली कान्छा)

    मेराे सपना

    निदाएर अर्थात आँखा चिम्लेर

    देखिन्छ सपना

    सपनामा रंगहरु हुन्छन्

    सपनामा संभावनाहरु हुन्छन्

    सपनामा भविष्यहरु हुन्छन्

    सपनामा अतितहरु पनि हुन्छन्

    वर्तमान त आँखा चिम्लेर साेच्नु हाे

    पुल तरेका सपना कति कति देखिन्छ

    आकाशमा उडेकाे, धर्तिमा खेलेकाे

    आमाकाे काखमा सुतेकाे, साथीकाे साथ

    बसेकाे

    कहिले हाँसेकाे, कहिले रुएकाे

    कति देखिन्छ कति

    त्यहि त हाे सपना

    तर अचेल फरक छ मेराे सपना

    मैले तिमिमा

    एउटा असल आमा देख्छु

    असल बुवा देख्छु

    असल गुरुआमा देख्छु

    असल गुरुवा देख्छु

    सफल डाक्टर देख्छु

    कुशल ईन्जिनियर देख्छु

    ईमान्दार पाईलट देख्छु

    बरिष्ठ साहित्यकार देख्छु

    राम्राे गायक, सुन्दर नायक

    उत्कृष्ट नेतृत्व याने कि भाेलीकाे राजनेता

    आँखा चिम्लेर हेर्दा म त्यहि देख्छु

    हाे आज हाेईन

    अबकाे दश वा बिसाैँ बर्षपछिकाे

    उज्यालाे भविष्य बाेकेकाे चन्द्रमा देख्छु

    सुन्दर समाज बनाउने एक अभियान्ता देख्छु

    समृद्ध मुलुककाे कर्तव्यनिष्ट व्यक्तित्व देख्छु

    र

    याे समाजकाे जिम्मेवार नागरिक देख्छु

    त्याे केवल

    तिमी ... तिमी....तिमी र तिमिहरुमा

    भईरहेकाे प्रगतिले देखाउने संकेत

    सपनाकाे संकेत हाे

    काेपिलाहरुबाट निस्कने सुन्दर फूल जस्तै

    आशाहरुबाट निस्कने मेरा सपनाहरु

    केवल तिमी तिमी तिमी र तिमी नै हाे

    काेपिलाहरुबाट निस्कने सुन्दर फूल जस्तै

    आशाहरुबाट निस्कने मेरा सपनाहरु

    भिम राई ( माक्पाली कान्छा)

    (सम्पुर्ण बालबालिकाहरुप्रति समर्पित)

    सम्बन्धित समाचार