शनिवार, मंसिर ४ २०७८
भिमसेन थापा मगर
बदलिएको तिमि थियौँ माया
दोष समय र भाग्यको भागमा
अनि पीडाजति मेरो भागमा ।
बदलिएको तिमि थियौँ सरकार
दोष न्यायलय र न्यायधिशको भागमा
अनि पीडाजति नागरिकको भागमा ।
तिमि र म, समय र भाग्य अनि प्रेम
सरकार र नागरिक, न्यायलय र न्यायधिश अनि न्याय
सुर, ताल र लय नमिलेको ज्याज म्युजिक जस्तो
बजिरहेछ बेप्रवाह निरन्तर.....................
कवि भिमसेन थापा मगर
भोजपुर