Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण, ३९ जना संक्रमणमुक्त

    प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण, ३९ जना संक्रमणमुक्त


    • आइतवार, मंसिर ५ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण, ३९ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो ।

    झापाको अर्जुनधारा, मेचीनगर, कनकाई, विर्तामोड, गौरादह, कमल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३, रंगेली र कटहरीमा १–१, सुनसरीको इटहरीमा २ र इनरुवामा १ र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २० महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार