Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ४५ जनामा कोरोना संक्रमण, १६ जना संक्रमणमुक्त

    प्रदेश १ मा ४५ जनामा कोरोना संक्रमण, १६ जना संक्रमणमुक्त


    • सोमवार, मंसिर ६ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ४५ जनामा कोरोना संक्रमण, १६ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । ६ मंसिर, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण भएको छ । ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४० र ५० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १६, मोरङमा १३, सुनसरीमा ४, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

    झापाको भद्रपुरमा ४, दमक र विर्तामोडमा ३–३, बुद्धशान्ति र शिवसताक्षीमा २–२, कनकाई र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ७, सुनबर्षी र सुन्दरहरैचामा २–२, रतुवामाई र उर्लाबारीमा १–१, सुनसरीको इटहरी र धरानमा २–२, इलामको सन्दकपुरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

     

     

    सम्बन्धित समाचार