बुधवार, मंसिर ८ २०७८
नेपाल वाइड
खोटाङ । ८ मंसिर, ठीक ३२ वर्ष अघिको हो । काठ्माण्डौं रातो पुलछेउमा रहेको पुरानो घरको कोठामा संगीतकार शान्तिराम राई र कवि श्रवण मुकारुङ ‘तिमी तारे भीर’ बोलको गीतलाई संगीत भर्न व्यस्त थिए । रातको १ बजिसकेको थियो ।
रात छिप्पिँदै जाँदा पनि राईको देब्रे पाखुराले पुरानो हारमोनियमको पंखा चलाउन छाडेको थिएन, मुकारुङको हात गिटारबाट हटेको थिएन । ‘तिमी तारे भीर’ गाइरहन्छन् उनीहरु, निथ्रुक्कै भिज्छन् दुईका आँखा तर गीत गाउने धित मर्दैनन् उनीहरुको ।
लगत्तै गायीका पवित्रा सुव्बालाई गाउन दिइयो । गीत श्रोताको मनमुटुमा बस्न सफल भयो । सँधै गुनगुनाइहने कालजयी गीत बन्यो । जव ३२ वर्षपछि उही गीतलाई मेल भर्जनमा गायक रेवत राईको स्वरमा सार्वजनिक गरियो, त्यही गीतले पुःन संगीतकार राईलाई रुवाएको छ । मेल भर्जनमा आएको त्यही गीतले उनलाई विगत तीन दशक अडाडि फर्काएको छ ।
‘तिमी तारे भीर’को संगीत भर्नेक्रममा रुवाएको गीत मेल भर्जनमा आएपछि पुःन रुवाएको संगीतकार राईले सामाजिक सञ्जालमा लेखेका छन् । ‘हातमा गिटार बजाउँदैछ श्रवण ।
गल्दैजाने देब्रे पाखुराले पुरानो हारमोनियमको कडा पंखा चलाउँदै हुन्छु म,’ राईले लेखेका छन्, ‘रातको १ बजे निथ्रुक्कै भिज्छ आँखा हाम्रो । र पनि धितै नमर्ने गरी गाइरहेका हुन्छौँ । रातभरि गाएर नथाक्ने तिमीतारे भीर...। ठीक ३२ बर्षपछि यही गीतले फेरी रुवायो ।’
कवि तथा गीतकार मुकारुङले लेखेको, गायक तथा संगीतकार राईको संगीत रहेको भिडियो सहितको मेल भर्जनमा देवेश राईले संगीत संयोजन गरेका छन् ।
दर्जनौं चर्चित गीतमा स्वर दिइसकेका खोटाङका गायक रेवतले गाएपछि पुःन ‘तिमी तारे भीर’ले चर्चा पाएको छ । किरण चाम्लिङ राईको निर्देशनमा तयार पारिएको भिडियोमा चर्चित अभिनेता दयाहाङ राई, मिरुना मगर र बाल कलाकार नुमा राईको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोमा मायाँ, प्रेम र मानिसको जीवनमा हुने वियोगान्त क्षणलाई चित्रण गरिएको छ ।
भिडियो.....