Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण, २६ जना संक्रमणमुक्त

    प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण, २६ जना संक्रमणमुक्त


    • सोमवार, मंसिर १३ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण, २६ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, १३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ३७७ जनाको पीसीआर परीक्षण गर्दा ३१ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ६, सुनसरीमा ५, धनकुटा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा ९, जहदामा ३, पथरीशनिश्चरे, रंगेली, लेटाङ र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ३, बाहृदशी, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ३, इटहरी र इनरुवामा १–१, धनकुटाको धनकुटा नगरपालिका र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२ महिला र १४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार