Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलासगढीमा नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

    केपिलासगढीमा नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु


    • सोमवार, मंसिर १३ २०७८

    • नेपाल वाइड


    केपिलासगढीमा नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु
    प्रशासनिक भवन उद्घाटन गर्दै केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन (गिरी) । तस्बिर सौजन्य : यूनिक साम्पाङ

    खोटाङ, १३ मंसिर । खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । १ करोड ७६ लाख ५४ हजार ९२० रुपैयाँको खर्चमा तीन तले पक्की भवन बनाएको हो । आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गरिएको भवन सोमबार गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन (गिरी)ले रिवन काटेर उद्घाटन गरेका छन् ।

    हालसम्म केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको तत्कालिन गाबिस र पृथ्वी माविको जिर्ण भवनलाई मर्मत गरेर सेवा प्रवाह गर्दैआएको गाउँपालिकाले आफ्नै भवनबाट सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए । बहुवर्षिय योजना अन्तरगत उपभोक्ता समितिमार्फत निर्माण गरिएको भवनमा एक वटा सभा हलसहित १३ वटा प्रशासनिक कोठाहरु छन् ।

    baban.jpg

    केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन । तस्बीर : नेपालवाईड

    सुविधा सम्पन्न प्रशासनिक भवनको शाखा, उपशाखाबाट सेवा दिन पाउँदा कर्मचारीमा उत्प्रेरणा बढेको छ । भवनको सुरुमै हेल्पडेस्क, वेटिङ रुम लगायतका संरचनाको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

    डिजिटल वडापत्र पनि राख्ने तयारी भइरहेको जनाइएको छ । प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले २ करोड ९४ लाख ९३ हजार ८६३ रुपैयाँको डिपिआर तयार पारेको थियो ।

    सम्बन्धित समाचार