मंगलवार, मंसिर १४ २०७८
नेपाल वाइड
खोटाङ, १४ मंसिर । खोटाङमा स्क्रव टाइफस रोगले गम्भीर बिरामी परेका किशोरीको उपचारका लागि सहयोग अभियान थालिएको छ । स्क्रव टाइफसको समस्याले गम्भीर बिरामी परेकी रावाबेँसी गाउँपालिका–१ कुभिन्डे दम्कु गैरी निवासी समिता राईको सहयोगार्थ सहयोग अभियान थालिएको हो ।
हाल सरस्वती मावि दिक्तेलमा कक्षा १२ मा अध्ययनरत किशोरीको उपचारका लागि ‘समिता राई बचाऔं’ अभियान थालिएको आफन्त टिकाराम राईले बताए ।
स्क्रव टाइफस रोगले १६ कात्तिकदेखि बिरामी परेकी समितास्क्रव टाइफसले किशोरी गम्भीर, उपचारका लागि सहयोग अभियान थालियोको २३ कात्तिकदेखि चावहिल मेडिकल कलेज काठ्माण्डौंमा आइसियूमा राखेर उपचार भइरहेको छ । उपचार गर्नेक्रममा छ लाख खर्च भइसकेको तथा उपचार गर्न सक्ने आर्थिक अवस्था नभएकाले समिता बचाऔं सहयोग अभियान थालिएको हो ।
समिताको सहयोगका लागि उनकै दिदि संगीता राईलाई ९८१६७७३७८२ मा फोन गरेर वा ग्लोवल आइएमई बैंकको खाता नम्बर एफ ९०७०१०००११३३ मा रकम जम्मा गरेर सहयोग गर्ने व्यवस्था मिलाइएको छ । चावहिल मेडिकल कलेजमा ठीक नभए बिरामीलाई बिएण्डबीमा लैजाने तयारी भइरहेको आफन्तले बताएका छन् ।