Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला

    चलचित्र बन्ठेको टिजर सार्वजनिक

    चलचित्र बन्ठेको टिजर सार्वजनिक


    • बिहिवार, मंसिर १६ २०७८

    • नेपाल वाइड


    चलचित्र बन्ठेको टिजर सार्वजनिक

    काठमाण्डौ । चलचित्र बन्ठेको टिजर सार्वजनिक भएको छ । नेपालि चलचित्र बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको चलचित्र हो । कोरोना महामारीले गर्दा कयौ फिल्महरु अस्तव्यस्त नै भयो भने केही चलचित्र भने मिति तय भए लगत्तै रोकिएका थिए ।

    यो चलचित्र पनि त्यही महामारीको सिकार बनेको थियो । यो चलचित्रभित्र विकट ठाउँ र त्यहाँ भएका राजनितिक गतिविधिहरुलाई समेटिएको छ । तर अहिले आएर प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । प्रर्दशन मिति नखुलाएपनि यो चलचित्रको हालै सानो टिजर सार्वजनिक भएको छ ।

    जसमा कलाकारहरु अभिनेत्री संचिता लुइटेल, मनिष भण्डारी, उमेश सिवाकोटी, राकेश रनपाल, दिक्षा पाठक, परि शाक्य, विसाल श्रेष्ठ, हरेराम दाहाल, नमराज घिमिरे,बाबुराम बस्नेत, नविन राई, अर्जुन खड्का, सन्जय शाह र किरण लगायतको अभिनय रहेको यो चलचित्रमा उद्स्या सिवाकोटी, र सुमिना दाहालले बालकलाकारहरुको भुमिका निर्वाह गरेका छन् । यस चलचित्रको निर्देशन भने भोमन कटुवालको रहेको छ ।

    भिडियो

    सम्बन्धित समाचार