Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा मतदाता नामावली संकलन अभियान सुरु

    खोटाङमा मतदाता नामावली संकलन अभियान सुरु


    • आइतवार, मंसिर १९ २०७८

    • नेपाल वाइड


    खोटाङमा मतदाता नामावली संकलन अभियान सुरु
    निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालयमा स्थापना गरेको डेस्कबाट मतदाता नामावली दर्ता गराउँदै युवा । तस्बीरहरु : नेपालवाईड डटकम

    खोटाङ, १९ मंसिर । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा फोटो सहितको मतदाता नामावली संकलन अभियान सुरु गरिएको छ । आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गर्दै जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा शुक्रबारदेखि केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा मतदाता नामावली संकलन अभियान सुरु गरिएको हो ।

    ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित पहिलो चरणको मतदाता नामावली संकलनको काम आगामी २६ मंसिरसम्म जारी रहने जिल्ला निर्वाचन कार्यालय खोटाङका सुचना अधिकारी नासु लोकेन्द्रकुमार राईले बताए ।

    जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ईलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरुपमा फोटो सहितको मतदाता नामावली संकलन भइरहेको अवस्थामा अन्य पालिकामा भने अभियान सञ्चालन गरेर मतदाता नामावली संकलन सुरु गरिएको हो ।

    फोटो सहितको मतदाता नामावली संकलनका लागि प्रत्येक पालिकामा ४/४ जना कर्मचारी खटाइएको छ । चार जनामध्ये एक जना कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाएको छ भने सम्वन्धित स्थानीय तहबाट एक जना निर्वाचन सम्पर्क व्यक्ति (दर्ता स्थल व्यवस्थापक), एक जना सहायक दर्ता कर्मचारी र एक जना दर्ता स्थल सहयोगी जुटाइएको छ ।

    दोश्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटो सहितको मतदाता नामावली संकलन अभियान सञ्चालन हुने छन् । दोश्रो चरणमा ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा मतदाता नामावली संकलनको तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार