Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला

    ‘जोवन बैना देउ’ बोलको कौडा भाका सार्वजनिक (भिडियो सहित)

    ‘जोवन बैना देउ’ बोलको कौडा भाका सार्वजनिक (भिडियो सहित)


    • आइतवार, मंसिर १९ २०७८

    • नेपाल वाइड


    ‘जोवन बैना देउ’ बोलको कौडा भाका सार्वजनिक (भिडियो सहित)
    ‘जोवन बैना देउ’

    खोटाङ, १९ मंसिर । साहित्य तथा संगीत श्रष्टा दुर्लभ जेठामन (हिरनकुमार राई)को लोकभाका ‘जोवन बैना देउ’ बोलको लोक भाका सार्वजनिक भएको छ ।

    उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछा प्याखोलाका दुर्लभ जेठामनले पश्चिमेली कौडा लोकभाकाको म्यूजिक भिडियो बजारमा ल्याएका हुन् ।

    कौडा लोकभाकाको म्यूजिक भिडियो काठ्माण्डौंमा आयोजित कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार प्रदीपकुमार राई (व्याकुल माईला)ले विमोचन गरेका छन् ।

    पृथक स्टुडियो अनामनगरमा रेकर्ड गरिएको गीतमा दुर्लभ जेठामन र ‘द भ्वईस अफ नेपाल सिजन–३’को उपबिजेता तारा श्रीष मगरको स्वर रहेको छ ।

    कुमारी बाँठा मगर (मनु)ले लेखेको गीतमा स्वयं गायक दुर्लभ जेठामनको संगीत समेटिएको छ । म्यूजिक भिडियोमा अनुप राना, प्रिया घर्ति मगर र अञ्जली गुरुङको अभिनय देख्न सकिन्छ ।

    निम संगीतको एरेञ्ज र केशु पुन मगरको निर्देशनमा म्यूजिक भिडियो तयार पारिएको हो । गीतका लागि एड्भेञ्चर इन्टरटेनमेन्टलले दृश्या निर्माण, दुर्गा पौडेलको छायांकन र नविन घर्ति मगरको सम्पादन रहेको छ ।

    म्यूजिक भिडियो विमोचनका क्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माईलाले पुर्वेली संस्कार संस्कृतिमा हुर्किएका दुर्लभ जेठामनले जोखिम मोलेर पश्चिमेली लोकभाका कौडाको गीत तयार पारेको प्रतिक्रिया दिएका छन् । दुई दशकदेखि साहित्यमा दुर्लभ जेठामनले परिचित राई गीत, संगीत र गायनमा पनि उत्तिकै क्रियासिल छन् ।

    भिडियो

    सम्बन्धित समाचार