Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण, २९ जना संक्रमणमुक्त

    प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण, २९ जना संक्रमणमुक्त


    • मंगलवार, मंसिर २८ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण, २९ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, २८ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा ५, मिक्लाजुङमा १, झापाको दमक र भद्रपुरमा २–२ र विर्तामोडमा १, सुनसरीको इटहरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

    प्रदेश १ मा आज २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३ महिला र १६ पुरुष रहेका छन् । प्रदेश १ मा हाल सम्म पीसीआर र एन्टिजेन दुवैगरि २ लाख ७३ हजार ४५५ जनामा कोरोनामा कोरोना संक्रमण भएको छ ।

    संक्रिय संक्रमितको संख्या ११७ रहेको छ । कोरोना संक्रमण भएर हालसम्म २ हजार १८७ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा ७५१ महिला र १४३६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार