Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कृषि

    खोटाङमा ४ हजार ६४३ मेट्रिक टन धान उत्पादन घट्यो

    खोटाङमा ४ हजार ६४३ मेट्रिक टन धान उत्पादन घट्यो


    • बुधवार, मंसिर २९ २०७८

    • नेपाल वाइड


    खोटाङमा ४ हजार ६४३ मेट्रिक टन धान उत्पादन घट्यो
    धान थन्क्याउन ब्यस्त किसान ।

    खोटाङ, २७ मंसिर । बेमौसमी वर्षा र हावाहुरीका कारण चालु आर्थिक वर्ष २०७८/०७९ मा खोटाङमा धान उत्पादन घटेको छ । गत ३१ असोजदेखि २ कात्तिकसम्म परेको बेमौसमी वर्षा र हावाहुरीका कारण गत वर्षको तुलनामा जिल्लामा ४ हजार ६४३ मेट्रिक टन धान उत्पादन घटेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

    गत आर्थिक वर्ष २०७७/०७८ मा २९ हजार ७९४.३८ मेट्रिक टन धान उत्पादन भएको जिल्लामा चालु आर्थिक वर्ष २५ हजार १५१.१० मेट्रिक टन धान उप्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

    गत वर्ष धानको प्रतिहेक्टर २३१ मेट्रिक टन उत्पादकत्व रहेको जिल्लामा यस वर्ष प्रतिहेक्टर १.९५ मेट्रिक टन उत्पादकत्व कायम भएको कार्यालयले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टरमा धान खेती लगाउने गरिएको छ ।

    बेलामा वर्षा हुँदा र बेलामा रोपाई हुँदा यस वर्ष विगतको तुलनामा धान उत्पादन नहुने आँकलन गरिएको थियो । तर, प्रमुख बालीका रुपमा लगाइएको धान उत्पादन घट्ना किसान चिन्तित बनेका छन् । ढलेका धानको बोट कुहिएपछि परालको उत्पादनमा समेत कमी आएको किसानले बताएका छन् ।

    सम्बन्धित समाचार