Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वैदेसिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेका रिटर्नीलाई सम्मान

    वैदेसिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेका रिटर्नीलाई सम्मान


    • आइतवार, पौष ४ २०७८

    • नेपाल वाइड


    वैदेसिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेका रिटर्नीलाई सम्मान
    स्वरोजगार बनेका दिक्तेल–२ सोल्माका दुर्गाबहादुर राईलाई सम्मान गर्नुहुर्दै दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईलगायत ।

    खोटाङ, ४ पुस । वैदेसिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेका खोटाङका पाँच रिटर्नीलाई सम्मान गरिएको छ । विभिन्न देशमा पुगेर गरेको काम र सिकेको सीपलाई गाउँमा उपयोग गर्दै स्वरोजगार बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, कासकुमार राई, भोजकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका रोसन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका दिपेन्द्र उदास/दिलीप शाक्यलाई सम्मान गरिएको हो ।

    अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ को अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रिटर्नीलाई शनिबार जनही १५ हजारका साथमा पाँच/पाँच हजारको ड्रिल र ग्रेण्डर प्रदान गरेको हो ।

    उनीहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले चेक तथा सम्मान–पत्र हस्तान्तरण गरेका हुन् ।

    वैदेसिक रोजगारको क्रममा आर्जन गरेको सिपलाई स्वदेश फर्किएर निरन्तरता दिँदै स्वरोजगारको क्षेत्रमा उदाहरणीय भूमीका निर्वाह गरेकामा नगरपालिकाभित्रका रिटर्नीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको वाल सेजा समाज नेपाल अन्तरगतको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।

    दुवई र कतारमा ८ वर्ष बसेर फर्किएका दुर्गाबहादुरले हाल इलेक्ट्रिसयन र प्लम्विङको काम गरिरहेका छन् । यस्तै, मलेसियामा ३ वर्ष र साउदीअरवमा १२ वर्ष विताएका रोशनले हाल रोशन ग्रिल उद्योग सञ्चालन गरिरहेका छन् ।

    मलेसियाबाट फर्किएका कासकुमारले हाल प्लम्विङ र मेसनको काम गर्दैआएका छन् । मलेसियाबाट फर्किएका दिपेन्द्र/दिलीपले गाउँमा बंगुर फर्म सञ्चालन गरिरहेका छन् । कतार र साउदीमा ५ वर्ष विताएका भोजकुमार गाउँमा इलेक्ट्रिसियन र प्लम्विङको काम गर्दै स्वरोजगार बनिरहेका छन् ।

    सम्बन्धित समाचार