Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना कहर कम भएपछि धुमधाम मनाइदै साकेला उद्यौली

    कोरोना कहर कम भएपछि धुमधाम मनाइदै साकेला उद्यौली


    • आइतवार, पौष ४ २०७८

    • नेपाल वाइड


    कोरोना कहर कम भएपछि धुमधाम मनाइदै साकेला उद्यौली
    खोटाङको धार्मिक तथा पर्यटकीय स्थल मझुवागढीमा साकेला नाच्दै राई समुदायका युवायुवती ।

    खोटाङ, ४ पुस । कोभिड–१९ को महामारी न्यून भएपछि खोटाङका राई समुदायले धुमधामका साथ साकेला उद्यौली मनाउन सुरु गरेका छन् ।

    कोभिडको महामारीका कारण दुई वर्षसम्म साकेला उभौली/उद्यौली मनाउन नपाएका राई समुदायले संक्रमण दर न्यून भएपछि साकेला उद्यौली भने धुमधामका साथ मनाउन थालेका हुन् ।

    कोभिडको महामारी सुरु भएपछि जिल्लामा साकेला उभौली/उद्यौली विधि फुकाउनमै सिमित गरिएको थियो । ढोल, झ्याम्टा र साकेला गीत गुञ्जिने उभौली चाड कोभिडका कारण सुनसान बनेको थियो ।

    साकेला उद्यौलीको अवशरमा आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पुगेर शुभकामना आदान–प्रदान सहित बृहत साकेला शिली प्रदर्शन गरिएको छ ।

    किरात राई यायोक्खा, किरात सेवा समाज र मझुवागढी संरषण पर्यटन प्रवद्र्धन समितिको संयुक्त आयोजनामा मझुवागढीमा साकेला शिली प्रदर्शन गर्दै साकेला उद्यौली मनाउन सुरु गरिएको हो ।

    शुभकामना आदान–प्रदान सहित बृहत साकेला शिली प्रदर्शन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई लगायतको उपस्थिति थियो ।

    कोभिडको संक्रमण दर न्यून भएपछि उद्यौलीमा स्थानीयको बाक्लो भिड देखिएको थियो । यस साकेला उद्यौली कोभिडपछिकै बृहत र सहभागीतामुलक बनेको छ ।

    आगामी शनिबार दिक्तेलको हेलीप्याडमा साकेला सिली प्रदर्शन गरिने किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले बताए । घरमा भित्र्याइएको नयाँ अन्नवाली पितृलाई चढाएर पुजा गर्दै १५ दिनसम्म साकेला उद्यौली मनाउने गरिन्छ ।

    पुर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा बैसाख पूर्णीमाको अवशरमा उभौली र मंसिर पूर्णीमाको अवशरमा उद्यौली मनाउने गरिन्छ ।

    किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा महिना दिनसम्म मनाउने गरिएको किरात सेवा समाजका अध्यक्ष दिनेश राईले बताए ।

    सम्बन्धित समाचार