Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलासगढी : ३७ विद्यालयलाई ग्याँस सिलिण्डर र चुल्हो

    केपिलासगढी : ३७ विद्यालयलाई ग्याँस सिलिण्डर र चुल्हो


    • सोमवार, पौष ५ २०७८

    • नेपाल वाइड


    केपिलासगढी  : ३७ विद्यालयलाई ग्याँस सिलिण्डर र चुल्हो
    विद्यालयलाई ग्याँस सिलिण्डर र चुल्हो प्रदान गर्दै गाउँपालिका अध्यक्ष कृष्णकुमार राई (दाँया )।

    खोटाङ, ५ पुस । खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यालयलाई ग्याँस सिलिण्डर र ग्याँस चुल्हो प्रदान गरेको छ । चिसो मौसममा शिक्षक विद्यार्थीलाई विद्यालयमै तातो पानीको व्यवस्थाका लागि गाउँपालिकाभित्रका सबै ३७ विद्यालयलाई प्रतिविद्यालय एक थान ग्याँस सिलिण्डर र एक थान चुल्हो प्रदान गरेको हो ।

    चिसो मौसम सुरु भएसँगै कोभिड–१९ को नयाँ भेरियन्ट, रुघाखोकी जस्ता श्वास–प्रश्वास सम्वन्धी रोग लाग्नबाट शिक्षक विद्यार्थीलाई जोगाउनका लागि पानी तताउने व्यवस्थाका लागि ग्याँस सिलिण्डर र चुल्हो प्रदान गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।

    विद्यालयलाई प्रदान गरिएको ग्याँस सिलिण्डर र चुल्हो ।

    गाउँपालिकाको शिक्षा समितिले सोमबार आयोजना गरेको कार्यक्रममा विद्यालयका प्रअ तथा शिक्षकलाई ग्याँस सिलिण्डर र चुल्हो प्रदान गरिएको हो । ‘चिसो मौसम सुरु भएको छ ।

    यो मौसममा कोभिडदेखि रुघाखोकीको समस्या अधिक देखिन्छ,’ गाउपालिका अध्यक्ष राईले भने, ‘विद्यालयमै तातो पानी पिउने व्यवस्था मिलाएर शिक्षक/विद्यार्थीलाई चिसोबाट हुने समस्याबाट बचाउन ग्याँस सिलिण्डर र चुल्हो उपलव्ध गराएका हौँ । शिक्षक विद्यार्थीले आवश्यकता अनुसार पानी तताएर उपयोग गर्न सक्ने छन् ।’ ग्याँस सकिएपछि विद्यालयले बाक्सिला बजारमा पुगेर सिलिण्डर साट्नुपर्ने जनाइएको छ ।

    सम्बन्धित समाचार