Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ

    राष्ट्रिय बाणिज्य बैंकको २५७ औं शाखा बिस्तार

    राष्ट्रिय बाणिज्य बैंकको २५७ औं शाखा बिस्तार


    • मंगलवार, पौष ६ २०७८

    • नेपाल वाइड


    राष्ट्रिय बाणिज्य बैंकको २५७ औं शाखा बिस्तार
    रावाबेँसीमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय उद्घाटनकाक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, पालिका अध्यक्ष लिलानाथ निरौला, ऐसेलुखर्क गाँउपालिका अध्यक्ष विश्वनाथ निरौलालगायत ।

    खोटाङ, ६ पुस । राष्ट्रिय बाणिज्य बैंकको २५७ औं शाखा बिस्तार गरिएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटारमा मंगलबार बिहान लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले प्रमुख आतिथिका रुपमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय रावाबेँसीको उद्घाटन गरेका हुन् ।

    आर्थिक कारोबारका लागि दिक्तेल पुग्नुपर्ने वाध्यता अन्त्यका लागि गाउँपालिकाले गरेको आग्रह अनुसार कुभिन्डेको हरमटारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय विस्तार गरिएको हो ।

    रावाबेँसी शाखा सहित खोटाङमा मात्र राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयको संख्या पाँच पुगेको छ । यसअघि दिक्तेल, ऐसेलुखर्क, बाक्सिला र खोटाङबजारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय स्थापना भइसकेको छ ।

    branch of rbb bank at rawabesi photo_khotang.jpg
    रावाबेँसीमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय उद्घाटन गर्दै लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी । तस्बीर सौजन्य : बिएन श्रेष्ठ

    सम्बन्धित समाचार