Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘जन्मदिन शैक्षिक कोष’ स्थापना गर्ने स्याम्पल एकेडेमीको घोषणा

    ‘जन्मदिन शैक्षिक कोष’ स्थापना गर्ने स्याम्पल एकेडेमीको घोषणा


    • शुक्रवार, पौष १६ २०७८

    • नेपाल वाइड


    ‘जन्मदिन शैक्षिक कोष’ स्थापना गर्ने स्याम्पल एकेडेमीको घोषणा
    स्याम्पल एकेडेमीको अभिभावक दिवस उद्घाटन गर्दै जिल्ला शिक्षा समिति अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ ।

    खोटाङ, १६ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अल्छेढुंगास्थित हिलसाईड स्याम्पल एकेडेमीले ‘जन्मदिन शैक्षिक कोष’ स्थापनाको घोषणा गरेका छन् ।

    २०६८ सालमा स्थापना गरिएको एकेडेमीमा विपन्न परिवारका छात्र/छात्रालाई छात्रबृत्ति प्रदान गर्ने व्यवस्थाका लागि एकेडेमीले ‘जन्मदिन शैक्षिक कोष’ स्थापनाको घोषणा गरेको हो । बिहिबार आयोजित अभिभावक दिवसको अवसरमा ‘जन्मदिन शैक्षिक कोष’ स्थापनाको घोषणा गरिएको हो ।

    एकेडेमीमा अध्ययनरत छात्र/छात्राको जन्मदिन विद्यालयमै मनाउने र उनीहरुबाट स्वेच्छिक रकम जम्मा गरेर कोष खडा गर्ने तयारी गरिएको एकेडेमीमा भाइस प्रिन्सिपल देवकुमार राईले बताए ।

    नयाँ शैक्षिक–सत्रबाट लागू हुने ‘जन्मदिन शैक्षिक कोष’ स्थापनाका लागि रेसजोन राईको संयोजकत्वमा मस्यौदा समिति बनाइएको छ । विपन्न परिवारका केही बालबच्चालाई नीजि विद्यालयमा अध्ययन गर्न पाउने अवशर सिर्जनाका लागि ‘जन्मदिन शैक्षिक कोष’ कार्यान्वयनमा ल्याउन लागिएको भाइस प्रिन्सिपल राईले बताए ।

    अभिभावक दिवस जिल्ला शिक्षा समिति अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको प्रमुख आतिथ्यता एवं एकेडेमीका संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष जलसेर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार