Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण, १२ जना संक्रमणमुक्त

    प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण, १२ जना संक्रमणमुक्त


    • बिहिवार, पौष २२ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण, १२ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, २२ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ७–७, इलाम र झापामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ७, सुनसरीको इटहरीमा ४, धरानमा २ र इनरुवामा १, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

    प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १५० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार