Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    २५ जनाभन्दा धेरै भेला हुन नपाउने

    २५ जनाभन्दा धेरै भेला हुन नपाउने


    • आइतवार, पौष २५ २०७८

    • नेपाल वाइड


    २५ जनाभन्दा धेरै भेला हुन नपाउने

    काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने भएको छ ।

    आइबार बसेको सीसीएमसीको बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । 

    सीमा नाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

    सम्बन्धित समाचार