Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सहकारीले वचतसँगै संस्कार पनि सिकाउनु पर्‍यो : सामाजिक विकास मन्त्री यादव

    सहकारीले वचतसँगै संस्कार पनि सिकाउनु पर्‍यो : सामाजिक विकास मन्त्री यादव


    • आइतवार, पौष २५ २०७८

    • नेपाल वाइड


    सहकारीले वचतसँगै संस्कार पनि सिकाउनु पर्‍यो  : सामाजिक विकास मन्त्री यादव
    सामाजिक विकास मन्त्री जयराम यादव ।

    विराटनगर, २५ पुस । प्रदेश १ सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले संस्कार सिकाउनु पर्नेमा जोड दिनु भएको छ । सहकारीले बचत मात्र नभएर संस्कार पनि सिकाउनु पर्ने उहाँले बताउनुभयो ।

    जिल्ला सहकारी संघ मोरङको २९ औं साधारण सभाको आज भएको उद्घाटन कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । सहकारी विपन्न वर्गका लागि सहरा भएको उहाँले बताउनुभयो ।

    मन्त्री यादवले सहकारीमा महिलाको सहभागिता उल्लेख्य देखिएपनि नेतृत्व तहमा पुग्नेको संख्या कम देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सहकारीमा महिलाको सहभागिता ५२ प्रतिशत देखिए पनि नेतृत्वमा पुग्ने महिलाको संख्या न्यून छ ।’ मन्त्री यादवले सहभागिता र नेतृत्वमा तालमेल नमिलेको देखिएको बताउनुभयो । सहभागिताका आधारमा नेतृत्वमा पुग्न महिला सहकारीकर्मीहरुलाई उहाँले आग्रह गर्नुभयो ।

    साधारणसभामा प्रतिनिधिसभा सदस्य तथा सहकारी अभियान्ता घनस्याम खतिवडा, संविधानसभा सदस्य तथा जिल्ला संघकी सल्लाकार तारादेवी राई, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेललगायतले बोल्नु भएको थियो ।

    सम्बन्धित समाचार