Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ

    जनसेवा बचत तथा ऋण सहकारीको कारोबार ६ करोड ९७ लाख

    जनसेवा बचत तथा ऋण सहकारीको कारोबार ६ करोड ९७ लाख


    • आइतवार, पौष २५ २०७८

    • नेपाल वाइड


    जनसेवा बचत तथा ऋण सहकारीको कारोबार ६ करोड ९७ लाख
    जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं साधारणसभा ।

    खोटाङ, २५ पुस । खोटाङको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोबार ६ करोड नाघेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सहकारीको आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक कारोबार पुँजी ६ करोड ९७ लाख ९५ हजार ३८३ रुपैयाँ पुगेको हो ।

    शनिबार जालपामा सम्पन्न २५ औं साधारणसभा एवं १३ औं अधिबेसनमा सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ७७ लाख ६१ हजार ८३१ निक्षेप संकलन गरेको जानकारी दिएको छ ।

    बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पुर्‍याउने उद्धेश्यले जनसेवा समाज नेपाल जालपाको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ सालमा स्थापना गरिएको सहकारीले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा १ करोड बढी निक्षेप संकलन गरेको हो ।

    आर्थिक वर्ष २०७६/०७७ मा ४४ लाख १० हजार ५५० शेयर वृद्धि भएकामा आर्थिक वर्ष २०७७/०७८ मा ६३ लाख ४३ हजार ६५० शेयर वृद्धि उपलव्धी भएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।

    आर्थिक वर्ष २०७६/०७७ मा शेयर लाभांश ७ लाख २३ हजार ३१ रुपैयाँ वितरण गरेको सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा १० लाख १४ हजार ६०० शेयर लाभांश वितरण गरेको जानकारी दिएको छ । साधारणसभा एवं अधिबेसनले लेखा परिक्षण, आर्थिक प्रतिबेदन, आर्थिक नियमावली, कर्मचारी नियमावली र ऋण नीति पास गरेको छ ।

    सहकारीले चालु आर्थिक वर्षको अन्त्यासम्ममा शेयर पुँजी १ करोड पुर्‍याउने, ऋण लिएका प्रत्येक ऋणि शेयर सदस्यको एक वर्षे दुर्घटना वीमा गर्ने, धान, कोदो, मकै, गहुँ, जौ, फापर, फलफुल र पशुपालनमा लगानी गर्ने ऋणीहरुलाई सोको बिमा गर्न प्रोत्साहन र सहजीकरण गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।

    यस्तै, कार्यालयमा सञ्चित एवं स्थानान्तरणको जोखिम अनुसार नगद बीमा गर्ने, कुल बचत ४ करोड ७७ लाख ६१ हजार ७३२ बाट वृद्धि गर्दै ६ करोड २८ लाख ८३ हजार १४१ पुर्‍याउने, हाल कायम प्रतिशेयर सदस्यको शेयर पुँजी १५ हजारबाट २० हजार पुर्‍याउने योजना बनाइएको सहकारीले जनाएको छ ।

    सहकारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ र १२ तथा रावाबेँसी गाउँपालिका–६ हौंचुरका ७६ बचत तथा २५ वाल बचत समुहका १ हजार ४६८ शेयर सदस्य छन् । हालसम्म जालपा, खार्मी र हौंचुरलाई कार्यक्षेत्र बनाएको सहकारीले माक्पा र सप्तेश्वरमा समेत कारोबार सुरु गर्ने योजना बनाएको छ । सहकारीले रेमीट्यान्स कारोबार पनि गर्दैआएको छ ।

    सहकारीले आफ्नो निर्माणाधिन तीन तले पक्की भवन आगामी चैतबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । जनसेवा कृषि सहकारी संस्था र वडा कार्यालयसँगको साझेदारीमा बन्ने भवन राष्ट्रिय सहकारी दिवसको अवसरमा २० चैतदेखि सञ्चालनमा ल्याइने सहकारीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । भवनको पहिलो तलामा कृषि उपज संकलन केन्द्र सञ्चालन गर्ने योजना छ ।

    जनसेवा बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा तथा महाधिबेसनले श्रेष्ठ नेतृत्वको टिमलाई पुःन दोहोर्‍याएको छ । ९ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षा पार्वती राई, सचिवमा दिलबहादुर राई र कोषाध्यक्षमा अम्बीका राई छन् ।

    सहकारी संघ खोटाङका अध्यक्ष मिलन चाहारको प्रमुख आतिथ्यता भएको कार्यक्रममा खार्मीका वडाध्यक्ष रामचन्द्र राई, भुपु जिल्ला विकास समिति सदस्य जयश्वर राई, गैसस महासंघका केन्द्रीय सदस्य दानबहादुर राई, सहकारी संघका सचिव दिपेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार