Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा १२५ जनामा कोरोना संक्रमण, ८ जना संक्रमणमुक्त

    प्रदेश १ मा १२५ जनामा कोरोना संक्रमण, ८ जना संक्रमणमुक्त


    • मंगलवार, पौष २७ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा १२५ जनामा कोरोना संक्रमण, ८ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, २७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण भएको छ । ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, संखुवासभा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो ।

    मोरङको विराटनगरमा ४१, कटहरीमा ३, बेलबारी, कानेपोखरी र केराबारीमा १–१, झापाको मेचीनगरमा ९, विर्तामोडमा ६, हल्दिबारी, शिवसताक्षी, बाहृदशी र भद्रपुरमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा ३, दुहवी, बर्जु, देवानगञ्ज र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको साल्पासिलिछो, संखुवासभाको सभापोखरी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो ।

    प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ५ पुरुष रहेका छन् ।सक्रिय संक्रमितको संख्या ३८७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार