बुधवार, पौष २८ २०७८
नेपाल वाइड
खोटाङ, २८ पुस । बौद्ध धर्मावलम्बीले खोटाङको त्रि–धार्मिक स्थल हलेसीमा बिश्व शान्ती पुजा गरेका छन् । विश्वभरका प्राणी जगतको सुख, शान्ती तथा दिर्घायुको कामना गर्दै बौद्ध धर्मावलम्बीले धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा गत सोमबारदेखि तीन दिनसम्म बिश्व शान्ति पूजा गरेका हुन् ।
धर्मगुरु नाटा रिम्पोछे लगायत सय जनाभन्दा बढि बौद्ध धर्मगुरु लगायतले हलेसीको बसाहा गुफा नजिकै खेल मैदानमा पाल टाँगेर बसेर दैनिक पूजाआजा गरेका छन् ।
कोभिड–१९ को कहरका बीचमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै हलेसीमा नवौं बिश्व शान्ती पुजा गरिएको हलेसी विश्वशान्ति पूजा समितिका सचिव पासाङ ग्याल्जेन शेर्पाले बताए । धर्मगुरु नाटा रिम्पोछेबाट अभिषेक प्रदान गर्दै बुधबार बिश्व शान्ती पुजा समापन गरिएको हो ।
कोभिडको महामारीका कारण केही वर्ष यता बिश्व शान्ती पुजा हुन नसकेको जनाइएको छ । बिश्व शान्ती पुजाका लागि नगरपालिकाको अनुमती लिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।