Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ व्यवसाय

    खोटाङमा अलैंची उत्पादनमा वृद्धि

    खोटाङमा अलैंची उत्पादनमा वृद्धि


    • मंगलवार, माघ ११ २०७८

    • नेपाल वाइड


    खोटाङमा अलैंची उत्पादनमा वृद्धि
    खोटाङ जिल्लाका बिभिन्न भेगबाट संकलन गरिएको अलैची जिल्ला बाहिर निकासीका लागि गाडीमा लोड गर्न तयारी गरिदै ।

    खोटाङ, ११ माघ । खोटाङमा अलैंची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ५४२ मेट्रिक टन अलैंची उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ७८७.३६ मेट्रिक टन अलैंची उत्पादन भएको हो ।

    कृषि ज्ञान केन्द्रका अनुसार यो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २४५ मेट्रिक टनले बढी हो । मौसम अनुकूल हुँदा र रोगको प्रकोप कम भएका कारण अलैंचीको उत्पादन बढेको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।

    जिल्लामा अलैंची खेतीका लागि योग्य १४ हजार २ हेक्टर जमिनमध्ये १० हजार ६४ मा लगाउने गरिएको छ । १० स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा ५४० मेट्रिक टन अलैंची उत्पादन भएको थियो ।

    खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची विक्रीबाट करिब ३ करोड रकम भित्रिने गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा उत्पादित अधिकांश अलैंची सरदर प्रतिमन ३५/४० हजारका दरले निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा रहेको छ । कतिपय किसान अलैंचीको बजारभाउ बढ्ने र त्यही मौकामा विक्री गर्ने प्रतिक्षामा छन् । अलैंची खरिदका लागि ठेकेदार ट्याक्टर लिएर किसानका घर–घरमा पुग्ने गरेका छन् ।

    केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागे पनि यसको खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैंची खेती सुरु गरेका किसानले वर्षेनी अलैंची खेतीको क्षेत्र बिस्तार गरिरहेका छन् ।

    सम्बन्धित समाचार