Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोभिड पिडित आप्रवासीलाई फलफुलका बिरुवा

    कोभिड पिडित आप्रवासीलाई फलफुलका बिरुवा


    • बुधवार, माघ १२ २०७८

    • खेमराज पुरी


    कोभिड पिडित आप्रवासीलाई फलफुलका बिरुवा
    विक्रीका लागि तयारी अबश्थामा राखिएको हिउँदे फलफुलका बिरुवा ।

    खोटाङ, १२ माघ । कोभिड–१९ बाट पिडित आप्रवासीलाई लक्ष्यित गर्दै इको हिमालले खोटाङको ऐसेलुखर्क र रावाबेँसी गाउँपालिकामा हिउँदे फलफुलका बिरुवा विक्री सुरु गरेको छ ।

    कोभिड–१९ को महामारीका कारण रोजीरोटी गुमेको र विदेशबाट फर्किएका युवालाई लक्ष्यित गर्दै इको हिमालले दुई गाउँपालिकामा सस्तो मूल्यामा स्याउ, नासपाती, आरु, ओखर, किवी, दन्ते ओखर, चुच्चे ओखर, खुर्पानी, बदामको विरुवा विक्री सुरु गरेको हो ।

    hhhh.jpg

    विक्रीका लागि तयारी अबश्थामा राखिएको हिउँदे फलफुलका बिरुवा ।

    कोभिड राहत स्वरुप न्यूनतम प्रतिवटा ५० रुपैयाँका दरले फलफुलको बेर्ना विक्री सुरु गरिएको इको हिमाल नेपालका कृषि अधिकृत सुमन पराजुलीले बताए । माघ मसान्त सम्ममा दुई गाउँपालिकामा ८ लाख २४ सय मूल्या बराबरको ११ हजार ४ सय बेर्ना विक्री वितरण गरिने इको हिमालले जनाएको छ ।

    स्याउको ३ हजार ७००, नास्पतीका १ हजार ५००, आरूको १ हजार ६००, बदाम (आल्मोन्डस्)को १ हजार ३००, खुर्पानी (एप्रिकट्स्)को १००, दन्ते ओखरको ५००, किविको १ हजार ९०० र चुच्चे ओखरको ८०० बोट बिरुवा बजार भाउभन्दा कम मूल्यामा उपलव्ध गराइने इको हिमाल नेपालका कृषि अधिकृत पराजुलीले जानकारी दिए । इच्छुक कृषकले खाडल तयार गरेर मात्र बेर्ना लिनका लागि इको हिमाल नेपालको श्रोतकेन्द्रमा पुग्नु पर्ने व्यवस्था मिलाइएको छ ।

    ffff.jpg

    विक्रीका लागि तयारी अबश्थामा राखिएको हिउँदे फलफुलका बिरुवा ।

    सम्बन्धित समाचार