Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्क : वडा कार्यालय र विद्यालय तोडफोड

    ऐसेलुखर्क : वडा कार्यालय र विद्यालय तोडफोड


    • शुक्रवार, माघ १४ २०७८

    • खेमराज पुरी


    ऐसेलुखर्क : वडा कार्यालय र विद्यालय तोडफोड
    ऐसेलुखर्क वडा कार्यालय र त्रिभुवन माबिको तोडफोड गरिएको कार्यालय ।

    खोटाङ, १४ माघ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ । बिहिबार राती वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो ।

    वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन । वडा कार्यालयको घेराबारको ताला चाँबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाँबी तोडिएको छ ।

    ढोका तोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतीको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए । वडा कार्यालयले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको छ ।

    विद्यालयको मुल ढोका र तीन वटा दराजको चाँबी तोडफोड गरिएको छ । अन्य दराजमा खोजतलास गरेको अवस्थामा कागजात असरल्ल अवस्थामा फेला परेको विव्यास अध्यक्ष टेकेन्द्र राजभण्डारीले बताए ।

    वडा कार्यालय र विद्यालय तोडफोड भएको विषयमा ईलाका प्रहरी कार्यालय, वडाध्यक्ष, स्थानीय बुद्धिजिवी लगायतको उपस्थितिमा सर्जमिन मुचुल्का उठाइएको छ ।

    सम्बन्धित समाचार