Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण, ४५५ जना संक्रमणमुक्त

    प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण, ४५५ जना संक्रमणमुक्त


    • बुधवार, माघ १९ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण, ४५५ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, १९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०१ जनामा कोरोना संक्रमण भएको छ । ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८, धनकुटामा ३, इलाम र पाँचथरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा ६, पथरीशनिश्चरे र बेलबारीमा ४–४, बुढीगंगा, उर्लाबारी र कानेपोखरीमा ३–३, कटहरी, सुनबर्षी र लेटाङमा २–२, धनपालथान, केराबारी, रंगेली, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २४, धरानमा २०, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जु, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२, दुहवी, देवानगञ्ज र रामधुनीमा १–१, झापाको भद्रपुरमा ८, दमकमा ७, शिवसताक्षीमा ५, गौरादहमा ४, विर्तामोड र कनकाईमा ३–३, मेचीनगर, अर्जुनधारा, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, हल्दिबारी र बुद्धशान्तिमा १–१, उदयपुरको त्रियुगामा ३, उदयपुरगढी र चौदण्डीगढीमा २–२, कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको कुम्वायक र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार