Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    बेइजिङ ओलम्पिक आजदेखि शुरु हुदै

    बेइजिङ ओलम्पिक आजदेखि शुरु हुदै


    • शुक्रवार, माघ २१ २०७८

    • नेपाल वाइड


    बेइजिङ ओलम्पिक आजदेखि शुरु हुदै
    फायल तस्बिर

    काठमाडौँ । एसियाली मुलुक चीनको बेइजिङमा २४ औं शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु हुँदै छ ।

    कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन शुक्रबार हुन लागेको हो ।

    ९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । यद्यपि. अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशले कुटनीतिकरुपमा बहिष्कार गरेका छन् ।

    उनीहरूले चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन् ।

    हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । विन्टर ओलम्पिक २० फेब्रुअरी २० तारिखसम्म आयोजना हुनेछ ।

    सम्बन्धित समाचार