Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    साहित्य

    देवासुर सङ्ग्राम

    देवासुर सङ्ग्राम


    • बुधवार, माघ २६ २०७८

    • भिमसेन थापा मगर


    देवासुर सङ्ग्राम
    भिमसेन थापा मगर

    देवासुर सङ्ग्राम

    मेरो देशमा
    देवासुर सङ्ग्राम चलिरहेछ ।

    देवताहरु निरिह बनिरहेछ
    असुरहरु चम्किरहेछ
    बृहस्पतीको तेज घटिरहेछ
    सुक्राचार्य तेज बढाइरहेछ ।

    देवताहरु मायावी षड्यन्त्र बुनिरहेछ
    असुरहरु मायावी षड्यन्त्र तोडिरहेछ
    कोहि बुद्दी देखाइरहेछ
    कोहि बल देखाइरहेछ ।

    सन्जिवनी ढुङ्ग्रो लुकाएर
    देवगुरु पुत्र शिक्षाको भिक्षा माग्न निक्लिएको छ
    असुरगुरु पुत्री प्रेमको पासोमा फसिरहेछ
    रक्सीसङ्ग सन्जिवनी बिद्या बाड्न
    आफ्नै शिष्यको कुकर्मले असुरगुरु बाध्य छ ।

    सन्जिवनी बिद्या भएका
    बृहस्पति पुत्र र असुर गुरु बारम्बार पुन;जीवन पाइरहेछ
    सङ्ग्राम जारी छ
    देवताहरु र असुरहरु तिनै लोकमा अधिपत्य दाबी गरिरहेछ
    मेरो देशमा
    देवासुर सङ्ग्राम चलिरहेछ ।

    र
    मान्छेहरु
    मान्छेहरु भोकमरी र रोगमरी टुलुटुलु हेरिरहेछ ।

                                                                          कवि भिमसेन थापा मगर

    सम्बन्धित समाचार