Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण

    दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण


    • मंगलवार, फाल्गुण ३ २०७८

    • नेपाल वाइड


    दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण
    फायर हाइड्रेन्ट गेट भल्भ परिक्षण गरिदै ।

    खोटाङ, ३ फागुन । आगलागीको उच्च जोखिममा रहेको खोटाङको दिक्तेलबजारमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तरगत दिक्तेलबजारका १० स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो ।

    खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुग्दा मंगलबार फायर हाइड्रेन्ट गेट भल्भ परिक्षण गरिएको छ । दिक्तेलबजारमा आगलागी भएकोबेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्नेगरी फायर हाइड्रेन्ट गेट भल्भ तयार पारिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

    पहाडी जिल्लामा दिनानुदिन आगलागीका घट्ना बढिरहेको बेला दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको हो । १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ १४ चैत २०७५ देखि खानेपानी तथा सरसफाई योजनाको काम सुरु गरिएको हो । सोही आयोजना अन्तरगत अग्नी नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो ।

    सम्बन्धित समाचार