Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन

    जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन


    • शनिवार, फाल्गुण ७ २०७८

    • नेपाल वाइड


    जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन
    जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन गोष्ठी ।

    खोटाङ, ७ फागुन । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन गोष्ठी गरिएको छ । पुमा भाषाको संरक्षण र संवद्र्धनका लागि अभिलेखीकरण गर्न किरात पुमा राई तुप्खाबाङ्खाला केन्द्रीय कार्यसमितिको संयोजनमा भाषा आयोग शंखमूल, काठ्माण्डौंले पुमा भाषा अभिलेखीकरण सम्वन्धी गोष्ठी आयोजना गरेको हो ।

    लोपोन्मुख बनेको पुमा राई भाषालाई अभिलेखीकरण गर्दै जीवन्त बनाएर राख्नका लागि पाठसंकलन कार्यक्रम गरिएको भाषा आयोगका प्रवक्ता उपसचिव गेहेन्द्रनाथ गौतमले बताए ।

    जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङको निगालावासस्थित पैयाँटार प्राविमा शुक्रबार पुमा भाषा वक्तालाई भेला गरेर भाषा संकलन गरिएको हो । भाषाविद डा. तारामणी राई, अनुसन्धानकर्ता मायाँ राई, किरात पुमा राई तुप्खाबाङ्खाला केन्द्रीय कार्यसमिति सदस्य ध्रुवकुमार राई लगायतको सहजीकरणमा पुमा भाषाको पाठसंकलन गरिएको हो । भाषा संरक्षण कार्यक्रम अन्तरगत पुमा भाषाको पाठसंकलन सम्वन्धी प्रतिबेदन तयार पारेर बुझाइने आयोगका प्रवक्ता गौतमले बताए ।

    खोटाङको १० स्थानीय तहमध्ये जन्तेढुंगा र बराहपोखरी गाउँपालिकामा पुमा राईको बसोबास रहेको छ । पुमा राईको सघन बसोबासको आधारमा जन्तेढुंगामा पुमा भाषाको पाठ्याक्रम लागू भइरहेको किरात पुमा राई तुप्खाबाङ्खाला जिल्ला कार्यसमिति खोटाङका सदस्य डिल्लीसेर राईले बताए ।

    जन्तेढुंगा गाउँपालिकाले शैक्षिक–सत्र २०७७/०७८ देखि स्थानीय भाषाको पाठ्यक्रम अन्तरगत १८ विद्यालयमा पुमा र १८ विद्यालयमा वान्तवा भाषामा पठन–पाठन सुरु गरिसकेको छ । विद्यालयमा ६० प्रतिशत पुमा र वान्तवा भाषा बोल्ने विद्यार्थी अध्ययनरत रहेको तथ्यांकका आधारमा पुमा र वान्तवा भाषाको पाठ्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार