Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    ऐसेलुखर्कका दुई विद्यालयमा आरसीसी भवन शिलान्यास

    ऐसेलुखर्कका दुई विद्यालयमा आरसीसी भवन शिलान्यास


    • शुक्रवार, फाल्गुण १३ २०७८

    • नेपाल वाइड


    ऐसेलुखर्कका दुई विद्यालयमा आरसीसी भवन शिलान्यास
    ऐसेलुखर्क गाउँपालिका

    खेमराज पुरी

    खोटाङ, १३ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको दुई विद्यालयमा आरसीसी भवन शिलान्यास गरिएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित त्रिभुवन माबि र ऐसेलुखर्क गाउँपालिका–७ माक्पास्थित माक्पा माविमा दुई कोठे आरसीसी भवन शिलान्यास गरिएको हो ।

    रोटरी क्लव अफ द हिमालयन गोर्खाजको १५ लाख र गाउँपालिकाको १० लाख गरी २५/२५ लाखको लागतमा निर्माण गर्नेगरी आरसीसी भवन शिलान्यास गरिएको हो ।

    त्रिभुवन माबिमा रोटरी क्लव अफ द हिमालयन गोर्खाजका अध्यक्ष सत्तबहादुर गुरुङ र गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बिहिबार भवन शिलान्यास गरेका छन् । दुई वटा भवन आगामी बैसाखसम्ममा सम्पन्न गर्ने सम्झौता छ । भवन निर्माणका लागि रोटरी क्लव अफ द हिमालयन गोर्खाजले चार/चार लाखको चेक हस्तान्तरण गरेको छ ।

    यस्तै, रोटरी क्लव अफ द हिमालयन गोर्खाजले त्रिभुवन मबिमा अपांगमैत्री पाँच कोठे शौचालय निर्माण गरिदिएको छ । २३ लाख ६९ हजार १२९ लागतमा अपांगमैत्री पाँच कोठे शौचालय निर्माण गरिदिएको हो ।

    निर्माण भएको शौचालय रोटरी क्लव अफ द हिमालयन गोर्खाजका अध्यक्ष गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र राजभण्डारीलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लव अफ द हिमालयन गोर्खाजले १२ वर्षमाथिका छात्रालाई वितरण गर्नेगरी पुःन प्रयोग गर्न मिल्ने सेनीटरी प्याड हस्तान्तरण गरेको छ ।

    सम्बन्धित समाचार