Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    रावाबेँसी : विद्यालयमा शिक्षक दरबन्दी अभाव, अभिभावक गए गाउँपालिकामा डेलीगेसन

    रावाबेँसी : विद्यालयमा शिक्षक दरबन्दी अभाव, अभिभावक गए गाउँपालिकामा डेलीगेसन


    • शनिवार, फाल्गुण २१ २०७८

    • नेपाल वाइड


    रावाबेँसी : विद्यालयमा शिक्षक दरबन्दी अभाव, अभिभावक गए गाउँपालिकामा डेलीगेसन
    दरबन्दी माग गर्दै गाउँपालिका पुगेको डेलीगेसनको टोली ।

    खोटाङ, २१ फागुन । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित पञ्चकन्य आधारभुत विद्यालयका अभिभावक दरबन्दी माग गर्दै गाउँपालिकामा डेलीगेसन गएका छन् । हाल एक जना स्थायी र तीन जना निजी शिक्षकको भरमा सञ्चालन हुँदैआएको विद्यालयका लागि आवश्यक दरबन्दीको माग गर्दै अभिभावक गाउँपालिकामा डेलीगेसन गएका हुन् ।

    स्थानीय तह कार्यान्वयनमा आउनअघि तत्कालिन जिल्ला शिक्षा कार्यालयले पाँच दरबन्दी कटौती गरेको विद्यालयमा हाल नियमित ५० देखि ६० जना विद्यार्थी नियमित आइरहेकाले पुःन दरबन्दी माग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले बताए । ‘पहिला तत्कालिन जिल्ला शिक्षा कार्यायले दरबन्दी कटौती गर्‍यो, अहिले दरबन्दी दिने अग्राधिकार स्थानीय सरकारको हातमा छ, त्यस कारण स्थानीय सरकार समक्ष दरबन्दी माग गर्न गएका हौँ,’ अध्यक्ष गुरुङले भने, ‘गाउँपालिका अध्यक्षले महिना दिनभित्र दुई वा एक वटा दरबन्दी उपलव्ध गराउने आश्वसन दिनु भएको छ ।’

    भला गुरुङको संयोजकत्वमा ५५ जनाको हस्ताक्षर सहित अभिभावक गाउँपालिकामा दरबन्दी माग गर्दै डेलीगेसन पुगेका हुन् । नजिकै अन्य विद्यालय नभएको, लेकाली क्षेत्र भएकाले मापदण्ड अनुसार विद्यार्थी संख्या पुर्‍याउने अवस्था नभएको तर दरबन्दी कटौती हुँदा सा–साना बालबालिका शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था भएको सो विद्यालयलाई आरक्षण विद्यालय घोषणा गर्नुपर्ने अभिभावकको माग छ ।

    विद्यालयमा कार्यरत निजी शिक्षक अवशर खोज्दै अन्यत्र जाने भएकाले पटक–पटक नयाँ शिक्षक खोजिरहनु पर्ने र पढाइको स्तर खच्किने भएकाले शैक्षिक स्थितरताका लागि दरबन्दी माग गरिएको अभिभावकको भनाई छ ।

    २०२१ सालमा स्थापना भएको विद्यालय २०७२ सालको भूकम्पले विद्यालय चिराचिरा परेको छ । हाल विद्यालयको भवन टालटुल गरेर प्रयोगमा ल्याएको छ । पुःन भूकम्प आएमा जनधनको क्षती हुने उल्लेख गर्दै अभिभावकले भवन पुःननिर्माण तथा १४ रोपनी जमिन तारबार गर्ने योजना गराउन माग गरेको छ ।

     

    सम्बन्धित समाचार