Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण, ५३ जना संक्रमणमुक्त

    प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण, ५३ जना संक्रमणमुक्त


    • आइतवार, फाल्गुण २२ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण, ५३ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, २२ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । २७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरी र धनकुटामा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

    मोरङको पथरीशनिश्चरेमा ३, विराटनगरमा २, रंगेली, ग्रामथान, सुन्दरहरैचा र सुनबर्षीमा १–१, सुनसरीको इनरुवा र इटहरीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको त्रियुगामा १, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२ महिला र २१ पुरुष रहेको छन् । सक्रिय संक्रमितको संख्या ७७८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

     

     

     

    सम्बन्धित समाचार