Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्क : सेवाबाट निकालिए दुई गाउँ प्रहरी

    ऐसेलुखर्क : सेवाबाट निकालिए दुई गाउँ प्रहरी


    • सोमवार, फाल्गुण २३ २०७८

    • नेपाल वाइड


    ऐसेलुखर्क : सेवाबाट निकालिए दुई गाउँ प्रहरी
    गाउँ प्रहरी भर्नाकाक्रममा ऐसेलुखर्क गाँउपालिका ।

    खोटाङ, २३ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले दुई गाउँ प्रहरीलाई अवकाश दिएको छ । कार्यसम्पादनमा चित्त नबुझेको भन्दै गाउँपालिकाले दुई गाउँ प्रहरीलाई सेवाबाट निकालेको हो ।

    तीन जना गाउँ प्रहरी भर्ना गरिएकामा हाल एक जना गाउँ प्रहरी मात्र कार्यरत रहेको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । ऐसेलखर्क गाउँपालिकाले २०७६ साल फागुन १४ गते जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो । गाउँ प्रहरीलाई कार्यालय सहयोगी स्वसरह सेवा सुविधा पाउनेगरी भर्ना गरिएको थियो ।

    रिक्त दरबन्दीमा गाउँ प्रहरी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरिए पनि चुनावको मुखमा नकरात्मक आक्षेप आउने भएकाले भर्ना रोकिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । गाउँपालिकाले चार जना गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ ।

    गाउँ प्रहरीले हाल कार्यालयमा हुने भिडभाड नियन्त्रण गर्ने, ऐसेलुखर्क बजारमा सडक पेटीमा सामान राखेर बिक्री गर्न, निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्‍याउनमा रोक लगाउने गरेको छ ।

    यस्तै, बजारमा हुने अनियमितता नियन्त्रण गर्दै बजारलाई अनुशासित राख्नका लागि गाउँ प्रहरीले माइकिङ गर्ने, सिट्ठी बजाउँदै हिँड्ने लगायतका भूमीका निर्वाह गरिरहेको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार