Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ : वैद्य निकट विद्यार्थी संगठनद्धारा शिक्षकलाई मोसो दलेर जुत्ताको माला

    खोटाङ : वैद्य निकट विद्यार्थी संगठनद्धारा शिक्षकलाई मोसो दलेर जुत्ताको माला


    • बुधवार, फाल्गुण २५ २०७८

    • नेपाल वाइड


    खोटाङ : वैद्य निकट विद्यार्थी संगठनद्धारा शिक्षकलाई मोसो दलेर जुत्ताको माला
    शिक्षक ताकमान राईलाई मोसो दलेर दुव्र्यवहार गर्दै वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तीकारी । तस्बीरहरु : फेसबुकबाट साभार

    खोटाङ, २५ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तीकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।

    लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तीकारीले बुधबार खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला लगाइदिएका हुन् ।

    नियमित विद्यालयमा उपस्थित नहुने, मदिराले मातेर विद्यालय जाने, पढाउनका लागि कक्षामा प्रवेश गर त्यही सुत्ने, सुध्रनका लागि पटक–पटक दिइएको चेतावनीको बेवास्ता गरेको तथा गाउँपालिकाको शिक्षा शाखामा उजुरी गर्दा उल्टै बचाउ गरिएकाले आफ्नोतर्फबाट कारबाही गरिएको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तीकारीका प्रदेशसभा सदस्य तावेल राईले बताए ।

    अनेरास्ववियु क्रान्तीकारीले शिक्षक राईलाई खोटेहाङ गाउँपालिकाको रोक्सिङभञ्ज्याङस्थित कोठाबाट बाहिर सडकमा निकालेर सार्वजनिक रुपमा दुव्र्यवहार गरेको हो । विद्यालय व्यावस्थापन समिति, अभिभावक र विद्यार्थीकै अगाडि शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएछन् ।

    आजित भएका अभिभावकको सल्लाहमा शिक्षकमाथि कारबाही गरिएको अनेरास्ववियु क्रान्तीकारीले दावी गरेको छ । शिक्षकमाथि दुव्र्यवहार भएको विषयमा जानकारी आएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

    गाउँपालिकाले भने अभिभावकबाट आएको गुनासोका आधारमा शिक्षक राईलाई पटक–पटक स्पष्टीकरण सोध्ने र सुध्रने मौका दिइएको जनाएको छ ।

    विगत ८ वर्षदेखि प्रअको भूमीकामा रहेका शिक्षक राई केही महिनाअघि मात्र प्रअबाट हटाइएका थिए । शिक्षक राईमाथि दुव्र्यवहार भएको विषयमा शिक्षक तथा अधिकारकर्मीले भने विरोध जनाएका छन् ।

    सम्बन्धित समाचार