Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङमा लागू औषध विरुद्ध सडक नाटक प्रदर्शन

    हलेसी तुवाचुङमा लागू औषध विरुद्ध सडक नाटक प्रदर्शन


    • शनिवार, फाल्गुण २८ २०७८

    • नेपाल वाइड


    हलेसी तुवाचुङमा लागू औषध विरुद्ध सडक नाटक प्रदर्शन
    लागु औषधका विरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन गर्दै कलाकारहरु ।

    खोटाङ, २८ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लागू औषधका विरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन सुरु गरिएको छ । लागू औषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकरात्मक असरका विषयमा सचेतना फैलाउनका लागि नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन सुरु गरिएको हो ।

    हलेसी तुवाचुङ नगरपालिकाकोे आर्थिक सहयोगमा ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सडक नाटक विद्यालयलाई लक्ष्यित गर्दै प्रदर्शन सुरु गरिएको हो ।

    सचेतनामुलक सडक नाटक २६ फागुनमा सरस्वती माबि अर्खौले र दुर्छिम माबिमा प्रदर्शन गरिएको छ । २७ फागुनमा च्यास्मिटार मावि च्यास्मिटार र महेन्द्रद्धोय मावि हलेसीमा प्रदर्शन गरिने जनाइएको छ ।

    सडक नाटकमा घरको अभिभावक कुलतमा लाग्दा बालबालिकामा पर्ने मनोबैज्ञानिक असर, लागूऔषधको प्रयोगले युवापुस्तामा पर्ने सामाजिक असर सम्वन्धीका विषयवस्तु समेटिएको छ ।

    पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको सडक नाटकमा ज्योती राई, जेबि डिसि, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ ।

    सम्बन्धित समाचार