Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    खोटाङ : खेलमैदान निर्माणमा जुटे बाम्राङका स्थानीय

    खोटाङ : खेलमैदान निर्माणमा जुटे बाम्राङका स्थानीय


    • बुधवार, चैत्र २ २०७८

    • नेपाल वाइड


    खोटाङ : खेलमैदान निर्माणमा जुटे बाम्राङका स्थानीय
    बाम्राङको कट्टीमा निर्माणाधीन सेभेन साईजको पर्शुराज राई बहुउद्धेश्यीय खेल मैदान ।

    खोटाङ, २ चैत । 

    योगीन राई

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका स्थानीयले खेल मैदान निर्माण गरेका छन् । खेलकुदको विकासका लागि स्थानीयले आपसमा सहयोग जुटाएर बाम्राङको कट्टीमा सेभेन साईजको पर्शुराज राई बहुउद्धेश्यीय खेल मैदान निर्माण गरेका हुन् ।

    स्थानीय कट्टी प्राकृतिक सामुदायीक वन उपभोक्ता समिति, रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका स्थानीयको सहयोगमा संकलन भएको दुई लाख ५२ हजारको खर्चमा खेल मैदान निर्माण गरिएको हो ।

    भुतपुर्व बेलायती सेना पर्शुराज राईको परिवारले निःशुल्क उपलव्ध गराएको १२ रोपनी जग्गामा ६० मिटर लम्बाई र ३० मिटर चौंडाइ भएको खेलमैदान निर्माण गरिएको हो । सहयोग जुटाउँदै क्रमशः नाइन साईजको बनाउने गरी खेतीयोग्य जग्गामा खेलमैदान निर्माण सुरु गरिएको हो ।

    खेलमैदानका लागि थप जग्गा आवश्यक परे राई परिवारले पुःन उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् । निःशुल्क जग्गा उपलव्ध गराएकै कारण खेलमैदानको नाम पर्शुराज राई बहुउद्धेश्यीय राखिएको हो । स्काभेटर प्रयोग गरेर चार दिनमा सेभेन साइजको खेलमैदान बनाइएको हो ।

    स्थानीय अजम्बरी युवा समिति, हाल हङकङ निवासी तेजप्रकाश राई, बाम्राङ युवा क्लवका अध्यक्ष कृतमान राई लगायतको अगुवाईमा कट्टीमा खेलमैदान निर्माण सुरु गरिएको हो । खेलमैदानका लागि निःशुल्क जग्गा उपलव्ध गराउने पर्शुराज राईको परिवार तथा आर्थिक सहयोग गर्ने दातालाई बुधबार सम्मान गरिएको छ ।

    सम्बन्धित समाचार