आइतवार, चैत्र २० २०७८
नेपाल वाइड
खोटाङ, २० चैत । खोटाङ सेवा समाज कतारको अध्यक्षमा कैलाश श्रेष्ठ चुनिएका छन् । कतारमा ज्येष्ठ सामाजिक संस्थाको परिचय बनाएको समाजको ११ औं अधिबेसनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
नज्माको सालिमार पाटी प्यालेसको सभाहलमा शुक्रबार सम्पन्न अधिबेसनबाट समाजको बरिष्ठ उपाध्यक्षमा डिल्लीशेर खड्का, उपाध्यक्षमा बलराम लोप्चन तामाङ र चुडामणि पुरी, महासचिवमा पर्शुराम श्रेष्ठ (पवान), उप–महासचिवमा जिबन राई, सचिबमा बलराम आचार्य, कोषाध्यक्षमा रविन शेर्पा र सह–कोषाध्यक्षमा रामकुमार मगर चयन भएका छन् । १९ सदस्यीय समाजको सदस्यमा महेश दाहाल, यादव पुरी, टीकानारायण श्रेष्ठ, सुदिप बुढाथोकी, मुकेश परियार, सरोजकाजी पाण्डे, भिमकुमार दर्जी, बुद्धिबहादुर गिरी र महिला सदस्यमा बिश्वकला राई चयन भएका छन् ।
रोजगारीमा सिलसिलामा कतार पुगेका जिल्लाबासीलाई एकताबद्ध गर्दै समस्या परेकाबेलामा हातेमालो गर्नका लागि ‘प्रवासको पसिना, स्वदेशको साकार सपना’ भन्ने नारा सहित १८ माघ २०५४ मा समाजको स्थापना गरिएको हो ।
समाजले आपत बिपतमा परेका नेपाली कामदारको उद्धार, अकालमा मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने, आखफन्त गुमाएका आश्रित परिवारलाई आर्थिक तथा संस्थागत सहयोग गर्दैआएको छ ।
यस बाहेक समाजले २०७४ सालमा खोटाङका लागि एक वटा एम्बूलेन्स जुटाएर हस्तान्तरण गरेको थियो । कतारमा नेपाली नियोग नहुँदा समाजले नियोगले सरह योगदान पु¥याएको समाजका निवर्तमान अध्यक्ष रुद्रशर्मा आचार्यले बताए ।
अधिबेसनको अवशरमा समाजले सल्लाहकार तिलाबहादुर खत्री, एकराज राई, देबराज राइस् र किरात राई आयोखा शाखा कतारलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
यस्तै, १० औं कार्यकालमा काम गरेका कार्यसमितिका पदाधिकारीलाई कदर–पत्र प्रदान गरिएको समाजले जनाएको छ ।
कार्यक्रम गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष जैबी राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा समाजका संरक्षक राम गुरुङ, प्रमुख सल्लाहकार तिलाबहादुर खत्री, समाजसेवी तथा बुद्धिजिवी बिलबहादुर गुरुङ, सल्लाहकार तथा बिधान मस्यौदा समिति संयोजक तिर्थसंगम राई, आदिवासी जनजाति महासंघ कतारका वरिष्ठ उपाध्यक्ष भाईकाजी गुरुङ, किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राई, प्रदेश १ समन्वय परिषद कतारका महासचिव निरन नेपाल, बाग्मती प्रदेश समन्वय परिषद कतारका उपाध्यक्ष बिष्णु भण्डारी, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बकस मियाँ, नेपाली महिला समाजकी प्रथम उपाध्यक्ष मायाँ केसी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दोहामा स्थापित बिभिन्न बैचारिक, साहित्यिक तथा जातीय संघसंस्थाका प्रतिनिधि, खोटाङ्गे र गैर–खोटाङ्गेको उपस्थिति रहेको थियो । कार्यक्रमको बिचबिचमा विभिन्न गित र नाच प्रस्तुत गरिएको थियो ।