Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या

    बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या


    • आइतवार, चैत्र २० २०७८

    • नेपाल वाइड


    बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या
    बराहपोखरी गाँउपालिकाको गोकुलथुम्कामा बनेको टेलीकमको टावर । तस्बिर सौजन्य : रमेश पोख्रेल

    खोटाङ, २० चैत । खोटाङको जन्तेढुंगा गाउँपालिकाका केही वडामा हप्ता दिनअघिदेखि टेलीफोनमा समस्या आएको छ । जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा हप्तादिनदेखि एनटिसी फोनमा समस्या आएको हो । एनटिसी फोनको नेटवर्कमा समस्या आउँदा फोन लाग्न छाडेको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले बताए ।

    एनटिसी फोनको नेटवर्कमा समस्या आउँदा फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाई हुँदा सेवाग्राही मारमा परेका छन् ।

    सम्बन्धित समाचार