Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नोभे (दिक्तेलबारी) वैदेसिक रोजगार सुरक्षित टोल घोषणा

    नोभे (दिक्तेलबारी) वैदेसिक रोजगार सुरक्षित टोल घोषणा


    • बिहिवार, चैत्र २४ २०७८

    • नेपाल वाइड


    नोभे (दिक्तेलबारी) वैदेसिक रोजगार सुरक्षित टोल घोषणा
    नोभे (दिक्तेलबारी) टोललाई वैदेसिक रोजगार सुरक्षित टोल घोषणा कार्यक्रममा सहभागी ।

    खोटाङ, २४ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको नोभे (दिक्तेलबारी) टोललाई वैदेसिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ ।

    बैदेसिक रोजगारमा संलग्न व्यक्ति तथा परिवार आर्थिक र सामाजिक हिसावले सुरक्षित रहेको सुनिश्चिता भएपछि बिहिबार नोभे (दिक्तेलबारी) टोललाई वैदेसिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । नोभे (दिक्तेलबारी)का ३३ घरमध्ये १३ घर बैदेसिक रोजगारमा संलग्न छन् ।

    बैदेसिक रोजगारलाई सुरक्षित, भरपर्दो र उलपव्धीमुलक बनाउने विधिका विषयमा पर्याप्त सूचना पाएको, विदेश गएका आफन्तको सम्पूर्ण कागजातको फोटोकपी घरमा राखेको, सीप र तालिम लिएर मात्र विदेश गएको, वित्तीय साक्षरता कक्षा पाएको, विदेशबाट भित्रिएको रेमीट्यान्सको सदुपयोग भएको लगायतका मापदण्ड पुरा भएपछि टोललाई वैदेसिक रोजगार सुरक्षित घोषणा गरिएको हो ।

    हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा बालसेवा समाज नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को सहजीकरण र बैदेसिक रोजगार सरोकार समाजको सक्रियतामा बैदेसिक रोजगार सुरक्षित टोल घोषणा अभियान सफल भएको हो ।

    बैदेसिक रोजगारमा संलग्न व्यक्ति तथा परिवारले सुरक्षित तरिकाले विदेश जाने प्रकृयादेखि बैधानिक मेनपावरबाट मात्र विदेश जाने, मेनपावर वा एजेन्टलाई बुझाएको रकमको भरपाई वा अन्य प्रमाण लिने, सरकारले नखुला गरेका देशमा मात्र जाने, विदेश जाँदाका प्रयोग भएका कागजपत्रको प्रतिलिपी घरमा छाड्ने, बिदेशमा करार अवधिभन्दा बढी बस्न नहुने, समस्या परेकोबेला सहयोग गर्ने निकायका बारेमा जानकारी राख्ने लगायतका जानकारी पाएको आधारमा वैदेसिक रोजगार सुरक्षित घोषणा गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।

    ‘सुरुमा कुन घरबाट विदेश गएको, घरमा कागजपत्र छाडे/नछाडेको, करार अवधिभन्दा बढी समय बसे/नवसेको, विदेशमा कुनै समस्यामा परे/नपरेको बुझेर टोलको बैदेसिक रोजगारको अवस्थाका बारेमा सामाजिक नक्सा तयार पारिन्छ,’ कार्यक्रम संयोजक राईले भने, ‘पहिलो सामाजिक नक्साको आधारमा करार समयभन्दा बढी समय बिदेशमा रहेछन् भने तत्काल घर फर्काउन पहल गरिन्छ । घरमा कागजात छाडेका रहेनछन् भने कागजात मगाइन्छ । वित्तीय साक्षरता कक्षामा सहभागी गराइन्छ । कमजोरी सच्याएर दोश्रो नक्सा तयार पारेर टोल सुरक्षित रहेको यकिन गरिन्छ ।’

    बैदेसिक रोजगार सुरक्षित टोल अभियानका क्रममा १४ घरलाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको, विदेशमा समस्यामा परेका एक जनालाई सहयोग गरिएको जनाइएको छ ।

    दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यको उपस्थितिमा नोभे (दिक्तेलबारी) टोललाई वैदेसिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । आफ्नो टोल बैदेसिक रोजगार सुरक्षित टोल घोषणासँगै अन्य टोलका आप्रवासीलाई बैदेसिक रोजगार सुरक्षित बनाउने विषयमा जानकारी दिने नोभे (दिक्तेलबारी) वित्तीय साक्षरता समुहका मुना आचार्यले बताईन् ।

    पाँच वर्षअघि केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको अधिकारी टोल र तीन वर्षअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत गाउँलाई बैदेसिक रोजगार सुरक्षित टोल घोषणा गरिएको थियो ।

    सम्बन्धित समाचार