Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    काठ्माण्डौंमा ‘छोईछिटो’को बारेमा चर्चा

    काठ्माण्डौंमा ‘छोईछिटो’को बारेमा चर्चा


    • बिहिवार, चैत्र २४ २०७८

    • नेपाल वाइड


    काठ्माण्डौंमा ‘छोईछिटो’को बारेमा चर्चा
    लघुकथा कृति ‘छोईछिटो’को बारेमा अन्तरक्रियाकाक्रममा ।

    खोटाङ, २४ चैत । लघुकथा कृति ‘छोईछिटो’को बारेमा अन्तरक्रिया गरिएको छ । लघुकथाकार दीप मंग्राती ‘निरीह’को लघुकथा कृति ‘छोईछिटो’को बारेमा काठ्माण्डौं अनामनगरमा अन्तरक्रिया गरिएको हो ।

    खोटाङमा जन्मिएर हाल बेलबारी नगरपालिका–४ काकुम बसिरहेका मंग्रातीले आफ्नै आमालाई समर्पण गरेर घुकथा कृति बजारमा ल्याएका हुन् । गत २० फागुन २०७९ मा प्रकाशित ‘छोईछिटो’को बारेमा लघुकथा समाज नेपालले अन्तरक्रिया आयोजना गरेको हो ।

    ‘छोईछिटो’मा अछुत, भाडाको लोग्ने, अग्र्यानिक, सीमारेखा, सौतेलो बाउ, प्रबोधन, मनको बाघ, लोग्नेस्वास्नी, रक्तिम भेरी, फाली, मूल्य, अनागरिक, धर्म लगायतका ५७ वटा वटा लघुकथा समेटिएका छन् । अन्तरक्रियाका क्रममा मंग्रातीले ‘सौतेलो बाउ’ र ‘डिपेन्डेन्ड’ शिर्षकका लघुकथा वाचन गरेर सुनाएका थिए ।

    ‘आमालाई समर्पण गरेर लघुकथा कृति बजारमा ल्याएको हुँ,’ अन्तरक्रिया कार्यक्रममा मंग्रातीले भने, ‘सुरुवाती चरण भएकाले कतिपय लघुकथा फरम्याटभित्र परेका छैनन् । यसलाई यस्तै रूपमा स्वीकारि दिनहुन अनुरोध छ ।’

    लघुकथा कृति ‘छोईछिटो’को बारेमा टिप्पणी गर्दै वरिष्ठ लघुकथाकार खेमराज पोखरेलले लघुकथाको विषय अर्गानिक र विविधतापूर्ण भएको बताए ।

    लघुकथामै विद्यावारिधि गर्दैगरेका हरि भण्डारीले मंग्रातीको लघुकथामा व्यंग्य पक्षको प्रस्तुती बलियो देखिएको टिप्पणी गरे । समालोचक प्राध्यपक डा. कुमारप्रसाद कोइरालाले ‘छोईछिटो’मा समाजका विविध समस्या उजागर भएको बताए ।

    लघुकथा समाजका सल्लाहकार अशेष मल्लले लेखन बलियो बनाउन लेखकले सिद्धान्त घोक्नुभन्दा ‘कसरी छुट्टै उत्कृष्ट खालको लेख्ने’ भनेर सोच्नुपर्ने सुझाव दिए । कार्यक्रम लघुकथा समाजका नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार