Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    एसइईमा खोटाङका १३८ विद्यार्थी अनुपस्थित

    एसइईमा खोटाङका १३८ विद्यार्थी अनुपस्थित


    • आइतवार, बैशाख ११ २०७९

    • नेपाल वाइड


    एसइईमा खोटाङका १३८ विद्यार्थी अनुपस्थित
    सांकेतिक तस्बिर

    खोटाङ, ११ बैसाख । एसइई परीक्षामा खोटाङका १३८ विद्यार्थी अनुपस्थित भएका छन् । एसई परीक्षाका लागि नियमिततर्फ ३ हजार ७३२ जनाले फर्म भरेकामा ३ हजार ५९४ जना मात्र परिक्षामा सहभागी भएका छन् ।

    परीक्षामा १ हजार ९२४ छात्रा र १ हजार ६७० छात्र उपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए ।

    शुक्रबारदेखि सुरु भएको एसइई परिक्षामा ७४ छात्रा र ६४ छात्रा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।

    यस्तै, यस वर्ष ८४ जनाले ग्रेडवृद्धि परीक्षाका लागि फर्म भरेका थिए । त्यसमध्ये आइतबार २१ छात्रा र १७ छात्र परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख गौतमले बताए । जिल्लाका २३ वटा केन्द्रमार्फत एसइई परीक्षा सञ्चालन भइरहेको छ ।

    सम्बन्धित समाचार