Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    म्युजिक भिडियो ‘एकान्तमा’ सार्वजनिक

    म्युजिक भिडियो ‘एकान्तमा’ सार्वजनिक


    • मंगलवार, बैशाख २० २०७९

    • नेपाल वाइड


    म्युजिक भिडियो ‘एकान्तमा’ सार्वजनिक

    खोटाङ, १९ बैसाख । गीतकार अगम बिकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छा घर भइ हाल बैदेसिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका अगम बिकरालको ‘एकान्तमा’ बोलको गीतको म्यूजिक भिडियो बजारमा आएको हो । ५ मिनेटको म्यूजिक भिडियो बिकराल अगम यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

    चर्चित गायीका मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ । दार्जिलिङको मिरिकमा छायाँकन गरिएको म्यूजिक भिडियोमा प्रतिमा लिम्बु र मनिन्द्र लिम्बू (गोर्खा)ले अभिनय गरेका छन् ।

    भिडियोको निर्देशन स्वयं अगम बिकरालले नै गरेका हुन् । आपसी मतभेदका कारण श्रीमानले घर छाडेपछि एक्लिएकी युवतीको विरहलाई म्यूजिक भिडियोमा समेटिएको छ ।

    गीतकार बिकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । उनका करिब एक दर्जन गीत रेकर्ड भइसकेको छ । बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत लोकप्रिय छ ।

    सम्बन्धित समाचार