Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तुवाचुङ जायजुममा चुला पुजा तथा साकेला सिली प्रदर्शन (फोटो फिचर)

    तुवाचुङ जायजुममा चुला पुजा तथा साकेला सिली प्रदर्शन (फोटो फिचर)


    • शनिवार, जेठ २१ २०७९

    • नेपाल वाइड


    तुवाचुङ जायजुममा चुला पुजा तथा साकेला सिली प्रदर्शन (फोटो फिचर)
    तुवाचुङ जायजुमडाँडामा सुप्तुलुङ (चुला) पुजा गरिदै । तस्बिर : राजन ठटाल

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पर्ने तुवाचुङ जायजुमडाँडामा सुप्तुलुङ (चुला) पुजा तथा साकेला सिली प्रदर्शन गरिएको छ । किरात समुदायको उद्गम थलोका रुपमा मानिँदै आएको तुवाचुङ जायजुमडाँडामा साकेला उभौली चाडको अवसरमा शनिबार नछुङमार्फत चुला पुजाका साथमा साकेला सिली प्रदर्शन गरिएको हो ।

    अग्लो डाँडामा रहेको तुवाचुङ जायजुमलाई ‘हिन्दुको पशुपतिनाथ, बौद्धको लुम्बिनी’ जस्तै किरात समुदायको ऐतिहासिक आस्थाको केन्द्र मान्ने गरिएको छ ।

    ऐतिहासिक एबं पर्यटकीय स्थल तुवाचुङ जायजुममा पितृको सम्झना एबं संस्कार संस्कृतिको संरक्षणको सन्देश दिनका लागि तुवाचुङ जायजुम संरक्षण समितिले हरेक वर्ष (चुला) पुजा तथा साकेला सिली प्रदर्शन गर्दैआएको छ ।

    1.jpg

    2.jpg

    4.jpg

    5.jpg

    6.jpg

    8.jpg

    9.jpg

    11.jpg

    10.jpg

    तस्बीरहरुः राजन ठटाल र दमन राई 

    सम्बन्धित समाचार