Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश, कर्जा दिन पाउने बाटो खुल्यो

    जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश, कर्जा दिन पाउने बाटो खुल्यो


    • सोमवार, आषाढ ६ २०७९

    • नेपाल वाइड


    जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश, कर्जा दिन पाउने बाटो खुल्यो
    फायल तस्बिर

    काठमाडौं, ६ असार । बैंकहरूले जग्गा धितोका कर्जा दिने बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले हाललाई जग्गाको धितोमा कर्जा जारी नरोक्न निर्देशन दिएको हो ।

    ‘जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्छ,’ आइतबार सर्वोच्चले गरेको आदेशमा उल्लेख छ । 

    विष्णुबहादुर सुनुवारले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलायलाई विपक्षी बनाएर हालेको रिटमा सर्वोच्चले तत्काल कर्जा रोक्ने कार्य नगर्नु/नगराउनु भन्ने आदेश दिएको हो । 

    भूमी व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले चार किल्ला खुलाएर कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न राष्ट्रिय भूमी आयोग, भूमी व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई निर्देशन दिएको थियो ।

    यही निर्देशनपछि बैंकहरूले जग्गाको धितोमा कर्जा लगानी गर्न पाएका थिएनन् । यसले वैदेशिक अध्ययनको लागि जाने विद्यार्थीदेखि विभिन्न क्षेत्रलाई कर्जा दिन समस्या परेको थियो । 

    सम्बन्धित समाचार